Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद् बैठकले गर्यो चार जना सचिवको सरूवा

अर्थ संसार

मंगलबार, १३ जेठ २०८२, ११ : ४१ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकले गर्यो चार जना सचिवको सरूवा

सरकारले चार जना सचिवहरूको सरुवा गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै, शिक्षा मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा र उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याललाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ।

स्वास्थ्य मन्त्रालयमा भने प्रदेश सरकारका सचिव महादेव पन्थलाई ल्याइएको छ।

साथै, मन्त्रिपरिषद्ले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा कृष्ण तिम्सनालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको