Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर पौडेलको नियुक्तिविरुद्धको रिट दर्ता, नोटमा हस्ताक्षर गर्ने कार्य रोक्न अन्तरिम आदेशको माग

अर्थ संसार

मंगलबार, १३ जेठ २०८२, १२ : ३९ मा प्रकाशित

गभर्नर पौडेलको नियुक्तिविरुद्धको रिट दर्ता, नोटमा हस्ताक्षर गर्ने कार्य रोक्न अन्तरिम आदेशको माग

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। नियुक्ति बदरको माग गर्दै शुक्रबार पेस गरिएको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको हो।

अधिवक्ताद्वय अनन्तराज लुइँटेल र विशाल थापाले दायर गरेको रिटमा गभर्नरको नियुक्ति गैरकानुनी रहेको दाबी गरिएको छ। उनीहरूले गभर्नरको हैसियतमा नोटमा हस्ताक्षर नगर्न दिन आग्रह गर्दै अन्तरिम आदेशको मागसमेत गरेका छन्।

यसअघि पनि डा. पौडेलविरुद्ध गभर्नरमा नियुक्त गर्न नहुने भन्दै रिट दायर गरिएको थियो। राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाएको भन्दै उठाइएको सो रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेपछि डा. पौडेलको नियुक्तिका लागि बाटो खुलेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको