Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीले जेठ १५ को हाम्रो आन्दोलनलाई भड्काउन खोजे : राजेन्द्र लिङ्देन

अर्थ संसार

मंगलबार, १३ जेठ २०८२, १५ : १३ मा प्रकाशित

प्रधानमन्त्रीले जेठ १५ को हाम्रो आन्दोलनलाई भड्काउन खोजे : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते हुने पार्टीको कार्यक्रम विथोल्न प्रधानमन्त्री केपी शर्मा ओली स्वयं सक्रिय भएको आरोप लगाएका छन्।

मंगलबार सम्पादकहरूसँगको भेटमा बोल्दै लिङ्देनले प्रधानमन्त्री ओलीले अभिव्यक्तिको स्वतन्त्रतामाथि हमला गर्दै गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए।
'१५ जेठको हाम्रो कार्यक्रमलाई भड्काउन खोजिँदैछ। प्रधानमन्त्रीबाटै राजीनामा दिनुपर्ने खालको अभिव्यक्ति आयो,' लिङ्देनले भने।

उनले संविधानले नागरिकलाई दिएको स्वतन्त्रता कुण्ठित गर्न खोजिएको आरोपसमेत लगाए। 'हामीले रत्नपार्कबाट कार्यक्रम गर्ने भनेका छौं। तर प्रधानमन्त्रीको दलले त्यही आसपासमा आफ्ना कार्यकर्ता जम्मा गरेर तनाव सिर्जना गर्न खोजेको छ,' लिङ्देनले पत्रकारहरूसँग आग्रह गर्दै निष्पक्ष समाचार सम्प्रेषणको आग्रह गरे।

१५ जेठमा राप्रपाले ‘राजा फर्काउने’ नारासहित देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। सोही दिन प्रधानमन्त्री ओलीले एमाले कार्यकर्तालाई काठमाडौंलाई ‘पार्टीको नियन्त्रणमा राख्ने’ तयारी गर्न निर्देशन दिएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको