साताको दोस्रो दिन आज नेप्से इन्डेक्स १.६० अंकले बढेर २६९४ को विन्दुमा बन्द भएको छ।
सूचीकृत ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८ सय ६१ कित्ता सेयर खरिद बिक्रि हुँदा ९ अर्ब २२ करोड रुपैयाँको सेयर कारोबार भएको छ। सात उपसूचकमा हरीयाली छाएको छ भने पाँच उपसूचक राताम्मे भएको छ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको ८७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ६५ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको ५४ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्री र पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावरका लगानीकर्ताले ८.७२ प्रतिशतका दरले कमाएका छन् । एचआइडीसीएलका लगानीकर्ताले ६.५९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.२४ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस