Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २७ अर्बमाथि, कुन कम्पनीको कति ?

अर्थ संसार

मंगलबार, २० जेठ २०८२, ११ : ४७ मा प्रकाशित

जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २७ अर्बमाथि, कुन कम्पनीको कति ?

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा २७ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनामा २७ अर्ब ४५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् ।

कुन कम्पनीको कति ? 

प्राधिकरणको तथ्यांक अनुसार बैशाख मसान्तको अवधिसम्ममा नेपाल लाइफले सबैभन्दा धेरै नयाँ बीमा व्यवसाय भित्र्याउन सफल भएको छ । कम्पनीले १० महिनाको अवधिमा ६ अर्ब ८३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।

दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ९ करोडको बीमा व्यवसाय भित्र्याउन सफल भएको छ ।

तेस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा २ अर्ब १३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, सूर्य ज्योति लाइफले २ अर्ब ५ करोड रुपैैयाँ, हिमालयन लाइफले १ अर्ब ९२ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५४ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ३९ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ३३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १८ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ११ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ७ करोड रुपैयाा आइएमई लाइफले १ अर्ब ३ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९२ करोड रुपैयाँ र सन नेपााल लाइफले ८० करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको