Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी दल तयार

अर्थ संसार

मंगलबार, २० जेठ २०८२, १३ : २० मा प्रकाशित

गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी दल तयार

सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक सकारात्मक निष्कर्षसहित सम्पन्न भएको छ। प्रतिनिधिसभाको अवरोध हटाउने प्रयासस्वरूप भएको छलफलमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिने सहमतिमा पुगेका छन्।

स्रोतका अनुसार, गृहमन्त्रीको जवाफ सन्तोषजनक भएमा त्यसपछि दलीय आधारमा धारणा राख्दै सदन सञ्चालन गर्न दिने सहमति प्रमुख सचेतकहरूबीच बनेको हो।

हाल विपक्षी दलहरू आन्तरिक छलफलमा व्यस्त छन्।

भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले निरन्तर सदन अवरुद्ध गर्दै आएका थिए। उनीहरूले उच्चस्तरीय छानबिन समिति गठन र प्रधानमन्त्रीको जवाफ पनि अनिवार्य हुने अडान राखेका थिए। तर, यसअघि गृहमन्त्रीलाई बोल्न नदिएका विपक्षी दलहरू अब आफ्नो अडानबाट पछि सर्दै, गृहमन्त्रीलाई सदनमा बोल्न दिने तयारीमा देखिएका छन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको