Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो

अर्थ संसार

मंगलबार, २० जेठ २०८२, १३ : २४ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो

प्रतिनिधिसभाको आजको बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको छ। बिहान ११ बजेका लागि तय गरिएको बैठक बस्नै नपाई सारिएको हो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएको विपक्षी दलहरूको अडानबीच सभामुख र प्रमुख सचेतकहरूको बैठक सकारात्मक रूपमा टुंगिएपछि बैठक केही समयका लागि धकेलिएको हो।

सदनको अवरोध हटाउन भएको छलफलमा विपक्षी दलहरू गृहमन्त्रीलाई बोल्न दिने तयार भएका छन्। गृहमन्त्री लेखकको जवाफपछि चित्त बुझ्ने हो भने दलीय रूपमा धारणा राख्दै सदन अघि बढाउने सहमति भएको हो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको