Like us!
Follow us!
Connect us!
Watch us!

घटेर बन्द भएको पुँजी बजारमा ५ अर्ब १६ करोडको कारोबार

अर्थ संसार

बुधबार, २१ जेठ २०८२, १५ : १३ मा प्रकाशित

घटेर बन्द भएको पुँजी बजारमा ५ अर्ब १६ करोडको कारोबार

सेयर बजार आज पनि ओरालो लागेको छ, लगातार दोस्रो दिन बजारमा गिरावट आएको हो। बजेट र मौद्रिक नीतिपछि बजार उकालो लाग्ने अपेक्षा गरिए पनि नेप्से सूचक घट्दा लगानीकर्ताको उत्साहमा कमी आएको देखिन्छ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ११.९.३७ अंकले घटेर २६४६ बिन्दुमा  बन्द भएको छ। आज ३१३ कम्पनीको कुल १ करोड ३७ लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

यस दिन ९ उपसूचक हरियालीमा आउन सकेनन्। विकास बैंक समूह ०.६२ प्रतिशत, फाइनान्स समूह ०.९१ प्रतिशत र होटल तथा पर्यटन समूह ०.३७ प्रतिशतले ओरालो लागेको छ।

आजको दिन ६६ कम्पनीका सेयरमूल्य बढेको छ भने १८१ कम्पनीका घटेको छ। 

आज सबैभन्दा धेरै अरुण कावेली पावरको ३६ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २९ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २२ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पियोर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । सुपर माइ हाइड्रोका लगानीकर्ताले ८.२९ प्रतिशतका दरले कमाएका छन् ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ६.८२ प्रतिशतका दरले गुमाएका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको