Like us!
Follow us!
Connect us!
Watch us!

बीमा दाबीसम्बन्धी उजुरीहरूको सुनुवाइ गर्न बीमा प्राधिकरणको इजलास संचालनमा

अर्थ संसार

विहीबार, २२ जेठ २०८२, १५ : ५४ मा प्रकाशित

बीमा दाबीसम्बन्धी उजुरीहरूको सुनुवाइ गर्न बीमा प्राधिकरणको इजलास संचालनमा

नेपाल बीमा प्राधिकरणले बीमा दाबीसम्बन्धी उजुरीहरूको सुनुवाइ गर्नका लागि आजदेखि आफ्नै केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा स्थायी इजलास सञ्चालनमा ल्याएको छ।

यसअघि बैठक कक्षमै सञ्चालक समितिको बैठकमार्फत मुद्दा छिनोफानो गरिँदै आएकोमा अबदेखि औपचारिक रूपमा विशेष इजलासमार्फत सुनुवाइ हुनेछ।

बीमा प्राधिकरण सञ्चालक समितिको २०८१ फागुन २७ गते बसेको बैठकले २०८२ साल वैशाख १ गतेदेखि लागू हुने गरी बीमा दाबीसम्बन्धी उजुरीहरूको सुनुवाइका लागि इजलास स्थापना गर्न आवश्यक भौतिक पूर्वाधार र तयारी गर्न निर्देशन दिएको थियो। सोही निर्णयको कार्यान्वयनस्वरूप आजदेखि औपचारिक इजलास सञ्चालनमा आएको हो।

साथै, उक्त बैठकले उजुरीहरूका साप्ताहिक तथा अन्य पेशी तालिका र निर्णयहरू प्राधिकरणको वेबसाइट (www.nia.gov.np) मा प्रकाशन गर्न व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ। यस व्यवस्थाबाट अब बीमितले आफ्ना उजुरीहरूको सुनुवाइ कहिले हुने हो भन्ने जानकारी अनलाइनमार्फत सजिलै थाहा पाउन सक्नेछन्। बीमा कम्पनीहरूलाई पनि आफ्ना मुद्दाहरूको अवस्थाबारे जानकारी पाउन सहज हुनेछ।

बीमा प्राधिकरणमा उजुरीको चाप बढ्दो अवस्थामा रहेको वर्तमान सन्दर्भमा, स्थायी इजलासको स्थापना र अनलाइन सूचना प्रणालीको विकासले बीमा सम्बन्धी न्यायिक प्रक्रिया अझ पारदर्शी, छरितो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको