Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिलो एक घण्टामा साढे २ अर्ब माथिको कारोबार, परिसूचक सामान्य घट्दा दुई कम्पनीमा सकारात्मक सर्किट

अर्थ संसार

आइतबार, २५ जेठ २०८२, १२ : ०० मा प्रकाशित

सेयर बजारमा पहिलो एक घण्टामा साढे २ अर्ब माथिको कारोबार, परिसूचक सामान्य घट्दा दुई कम्पनीमा सकारात्मक सर्किट

साताको सेयर कारोबार हुने पहिलो दिनको पहिलो एक घण्टाको अवधिमा सेयर बजारमा साढे दुई अर्ब माथिको कारोबार भएको छ । आजको कारोबार जारी रहँदा १२ बजेसम्मको अवधिमा सेयर बजारमा २ अर्ब ५२ करोड माथिको कारोबार भएको हो ।

आजको कारोबार जारी रहँदा पहिलो एक घण्टामा नेप्से परिसूचक सामान्य घटेकोको छ भने दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबारको कारोबार जारी रहँदा नेप्से परिसूचक ० दशमलव ९२ अंकले घटेर २६४० दशमलवग ०४ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा २ अर्ब ५५ करोड २३ लाख ३८ हजार ९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबार जारी रहँदा पियोर इनर्जी र रिभर फल्स पावरको सेयर मूल्यमा सकारातमक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा पियोर इनर्जीको सेयर मूल्य ५१ रुपैयाँ २० पैसाले बढेर ५६३ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा ९.९९ प्रतिशतले धेरै हो । त्यस्तै यो अवधिमा रिभर फल्स पावरको सेयर मूल्य पनि ९.९७ प्रतिशत अर्थात ५२ रुपैयाँ ३० पैसाले बढेर ५७६ रुपैयाँ ९० पैसा पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको