साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक घटेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आइतबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०५ अंकले घटेर ४४९.२७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा भने सुधार देखिएको छ । अघिल्लो कारोबार दिन (बिहीबार) ७ अर्ब ९७ करोड माथिको कारोबार भएको बजारमा आज ९ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१३ कम्पनीका १ करोड ९९ लाख ९२ हजार १८३ कित्ता सेयर ८६ हजार ६३६ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।
आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज रिभर फल्स पावर र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस