नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २० वटा बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्।
तीमध्ये ११ जीवन बीमा कम्पनी र ९ निर्जीवन बीमा कम्पनी रहेका छन्। नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार चुक्ता पुँजी पूरा गरिसकेका कम्पनीहरूले नगद लाभांशमा प्राथमिकता दिएका छन्, जबकि पूँजी अपुग रहेका कम्पनीहरूले बोनस सेयरमार्फत पूँजी बढाउने रणनीति अपनाएका छन्।
जीवन बीमा कम्पनी
जीवन बीमा कम्पनीतर्फ सिटिजन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै २८.४०४३ प्रतिशत लाभांश (२६.९८४१% बोनस र १.४२०२% नगद) वितरण गर्ने प्रस्ताव गरेको छ। नेपाल लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ। यस्तै, आइएमई लाइफ र सूर्यज्योति लाइफले पनि क्रमशः २१.०५ प्रतिशत र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन्। एलआईसी नेपालले १०.५२६ प्रतिशत (१०% बोनस र ०.५२६% नगद), सानिमा रिलायन्सले ९.२४ प्रतिशत (१.२४% बोनस र ८% नगद), हिमालयन लाइफले ८ प्रतिशत नगद र प्रभु महालक्ष्मी लाइफले ८.४२१ प्रतिशत नगद लाभांश दिने भएका छन्। रिलायबल नेपाल लाइफले १२.६३१५ प्रतिशत नगद, नेशनल लाइफले ५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश र एशियन लाइफ इन्स्योरेन्सले ५.१० प्रतिशत बोनस र ०.२६८४ प्रतिशत नगद गरी कुल ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
निर्जीवन बीमा कम्पनी
निर्जीवन बीमा कम्पनीहरूतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा धेरै ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। नेपाल इन्स्योरेन्सले १५.७९ प्रतिशत, सगरमाथा लुम्बिनी जनरलले १५ प्रतिशत नगद लाभांश दिने भएका छन्। यस्तै, शिखर इन्स्योरेन्सले १०.५२६३ प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ९.७३६८ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.७५ प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सले ७.८९४७ प्रतिशत, नेको इन्स्योरेन्सले ७.३६८४ प्रतिशत र एनएलजी इन्स्योरेन्सले २.६३१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस