साताको तेस्रो कारोबारक दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ। आज नेप्से परिसूचक २५.०७अंकले बढेर २६७८.१७ को बिन्दुमा कायम भएको छ
आज कुल ३११ वटा कम्पनीको दुई करोड ३६ लाख ९७ हजार कित्ता सेयर खरिद–बिक्री हुदाँ १० अर्ब १६ करोड नौ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन कारोबार भएका सम्पूर्ण इन्डेक्समा हरियाली छाएको छ । मंगलबार कारोबार भएको १९६ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छाएको छ । जसमा आज दुई कम्पनीको सेयरमूल्यमा चाँही सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै एचआइडीसीएलको संस्थापक सेयर किनबेच भएको छ । आज यस कम्पनीको ५८ करोड ४९ लाख रुपैयाँ संस्थापक सेयर किनबेच भएको छ । अरुण कावेली पावरको ५३ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४६ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ७.८५ प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्सका लगानीकर्ताले ६.९४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.२० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस