Like us!
Follow us!
Connect us!
Watch us!

दिउँसो ३ बजे बस्दैछ प्रतिनिधि सभाको बैठक , सम्भावित कार्यसूचीमा के के ?

अर्थ संसार

विहीबार, २९ जेठ २०८२, १० : १० मा प्रकाशित

दिउँसो ३ बजे बस्दैछ प्रतिनिधि सभाको बैठक , सम्भावित कार्यसूचीमा के के ?

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बैठक दिउँसो ३ बजेदेखि शुरू हुनेछ।

बैठकको कार्यसूचिमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूचि छ।

साथै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरू गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन्। उक्त अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूचि पनि रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको