जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति घोषणा गरेको छ । कम्पनीले ६५ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि असार ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । बुक क्लोजको आधारमा असार ५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम सयरधनीले मात्रै यस कम्पनीको हकप्रदमा आवेदन दिन पाउने भएका छन् । असार ६ शुक्रबार र ७ गते शनिबार परेकाले नेप्से बन्द रहनेछ ।
यस कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले २४ लाख १४ हजार कित्ता हकप्रद सेयर १ बराबर ०.६५ को अनुपातमा सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बार्डबाट अनुमति पाएको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस