आइतबारको सेयर कारोबार जारी रहँदा पियोर इनर्जीको सेयर मूल्यमामा सकारात्मक सर्किट लागेको छ । सेयर कारोबार हुने पहिलो दिनको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ८२ रुपैयाँ ४० पैसाले बढेर ९०७ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवधिमा समग्र सेयर बजार पनि ९ दशमलव ४८ अंकले बढेर २६६४ दशमलव ८७ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ३ अर्ब ५८ करोड माथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस