अहिले सेयर बजारका लागि आवश्यक पर्ने सबै सूचकहरु सकारात्मक रहेको अवस्था छ । नेपाल राष्ट्र बैंकमा बजारमैत्री गभर्नर नियुक्त भएका छन् भने बैंकको ब्याजदर पनि घटीरहेको अवस्था छ । तर, यस्तो अवस्थामा पनि सेयर बजारले भने गति लिन सकेको छैन् ।
केही समय अघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट सेयर जोखिम भारको सिमामा पनि संशोधन गरेको छ । १२५ प्रतिशत जोखिमभारलाई १०० प्रतिशतमा झारिएको छ । यो व्यवस्था पछि सेयर बजारमा नयाँ रकम आउने र यसले बजार बढाउनमा सहयोग पुग्ने लगानीकर्ताहरुको विश्वास थियो । लगानीकर्ताको विश्वास विपरित सेयर बजारले भने गति लिन सकेको छैन । सेयर बजार अहिले पनि साढे २६०० को आसपासमा नै घुमिरहेको छ ।
सेयर बजारका लागि आवश्यक सबै सूचक सकारात्म नै भए पनि बजार बढ्न नसकेको विषयमा सेयर बजारका जानकारहरु पनि अनभिज्ञता प्रकट गरिरहेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको सेयर धितो कर्जा समेत बढे छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा १ खर्ब २५ अर्ब भन्दा बढीको सेयर धितो कर्जा प्रवाह भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३५ अर्ब रुपैयाँले बढी हो । सबै कुरा सकारात्मक हुँदा पनि बजारले भने गति लिन नसक्नुमा आफैमा सोचनीय विषय रहेको छ ।
सबै सूचक सकारात्मक भए पनि सेयर बजार बढ्न नसक्नुमा आगामी आर्थिक वर्षको बजेटमा गरिएको टेक एण्ड पे को नीति र बैंकर र व्यवसाय छुट्याउने विषयमा भइरहेका छलफल कारण हुन सक्ने सेयर विश्लेषक मुक्ति अर्याले बताए । ‘अहिले सबै सूचक सकारात्मक नै रहेको अवस्था छ । तर सरकारले बजेटमा टेक एण्ड पे’ को व्यवस्था गरेको छ । जसले लगानीकर्तामा निराशा देखिएको छ,’ उनले भने । त्यस्तै अर्को कुरा अहिले संसदको समितिमा बाफिया सम्बन्धी विधेकमा बैंकर र व्यवसायी छुट्याउने विषयले पनि लगानीकर्तामा थप शंका उत्पन भएको उनले बताए ।
मौद्रिक नीतिलाई बजारले पर्केको हो त भन्ने प्रश्नमा भने उनले मौद्रिक नीति आउनका लागि अझै केही समय लाग्ने भएकाले त्यो विषयले भन्दा अन्य विषयहरुले नै बजार बढ्न नसकेको बताए । बजारका सबै सूचक सकारात्मक हुँदा पनि सेयर बजारमा नयाँ रकम आउन नसकेको अवस्थामा बजारले गति लिन नसकेको लगानीकर्ता गोपाल स्वामीको भनाइ छ । बजार सामान्य हल्लाले पनि घटबढ हुने भएकाले अहिले लगानीकर्तामा उत्साह नै नदेखिएको उनले बताए ।
त्यस्तै नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले सेयर बजार अहिलेको अर्थतन्त्रकै कारणले बढ्न नसकेको बताउँछ । ‘सेयर बजार अर्थतन्त्रको ऐन हो । अर्थतन्त्र कमजोर भएको समयमा सेयर बजार बढन् सक्दैन,’ उनले भने । सेयर बजारबाट धेरैको अपेक्षा धेरै भएकाले नबढेजस्तो देखिए पनि बजार विस्तारै आफ्नै गतिमा अघि बढीरहेको उनको भनाइ छ ।
सेयर बजारका लगानीकर्ता तथा विश्लेषकहरु अब सेयर बजार बढ्ने विश्वास गर्छन । सेयर बजारले जुन रुपमा गति लिनु पर्ने हो त्यो लिन नसकेको भए पनि अब भने गति समात्ने सेयर विश्लेषक मुक्त अर्यालको भनाइ छ । त्यस्तै नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले सेयर बजार अहिलेको अर्थतन्त्रकै कारणले बढ्न नसकेको बताउँछ । सेयर बजार विस्तारै अघि बढ्ने भए पनि एकै पटक उच्च अंकले बढ्योस भन्ने हाम चासो भएको कँडेलको भनाइ छ । बजारले विस्तारै आफ्नो गति लिने उनको विश्वसास छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस