Like us!
Follow us!
Connect us!
Watch us!

सरकार वार्तामा नआएपछि वेल घेराउ गर्न बाध्य भयौं :- सांसद सोविता गौतम

अर्थ संसार

सोमबार, ०२ असार २०८२, १४ : ५७ मा प्रकाशित

सरकार वार्तामा नआएपछि वेल घेराउ गर्न बाध्य भयौं :- सांसद सोविता गौतम

रास्वपाकी सांसद सोविता गौतमले सरकारले आफ्ना मागप्रति कुनै चासो नदेखाएको आरोप लगाउँदै आफूहरू वेल घेराउ र नाराबाजी गर्न बाध्य भएको स्पष्ट गरेकी छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार वार्तामा बस्न तयार नरहेको र समाधानका लागि कुनै पहल नगरेको आरोप लगाइन्।

गौतमले भनिन्, 'हामीले गृहमन्त्रीमाथि केवल आक्षेप लगाएका होइनौं। यो विषय गम्भीर भइसकेको छ। विगतमा जस्तै औपचारिकता पूरा गर्न समिति बनाएर उम्किन खोज्ने कुरा अब स्वीकार्य हुँदैन। यो केवल कुनै एक व्यक्ति वा मन्त्रालयको विषय होइन।'

उनले सरकार छानबिन समिति बनाउने विषयमा गम्भीर भएर अघि बढेमा संवादको बाटो खुल्ने संकेत दिइन्। 'टाइमलाइनसहितको छानबिन समिति बनाउने तयारी सरकारसँग छ भने हामी सहमत हुन तयार छौं,' गौतमले स्पष्ट पारिन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको