Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार परिसूचक आज पनि सामान्य अंकले बढ्यो, कारोबार रकम १३ अर्ब माथि

अर्थ संसार

सोमबार, ०२ असार २०८२, १५ : २१ मा प्रकाशित

सेयर बजार परिसूचक आज पनि सामान्य अंकले बढ्यो, कारोबार रकम १३ अर्ब माथि

साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

अघिल्लो दिन पनि सामान्य अंकले बढेको बजार आज पनि २ दशमलव ८० अंकले बढेर २६५८ दशमलव ६६ विन्दुमा पुगेको हो ।

आजको कारोबार बन्द हुँदा ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले घटेर ४५३.१६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ वटै कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । आज १३ उपसूचकमध्ये ८ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने ५ वटाको सेयर मूल्यमा गिरावट आएको छ ।

नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन ११ अर्ब ४४ करोड माथिको कारोबार भएको बजारमा आज १३ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१८ कम्पनीका ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर १ लाख ५ हजार ६३५ पटक खरिद बिक्री हुँदा १३ अर्ब १८ करोड ६८ लाख ४५ हजार ७४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज पियोर इनर्जी र पिपुल्स पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको