Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक ३ अंकले घट्यो, कारोबार रकममा साढे ५ अर्ब बढीको गिरावट

अर्थ संसार

मंगलबार, ०३ असार २०८२, १५ : २६ मा प्रकाशित

नेप्से परिसूचक ३ अंकले घट्यो, कारोबार रकममा साढे ५ अर्ब बढीको गिरावट

आज सेयर बजार परिसूचक सामान्य अंकले घटेर कारोबार भएको छ । अघिल्ला दुई दिन सामान्य बढेको सेयर बजार परिसूचक आज ३ दशमलव ९० अंकले घटेर २६५४ दशमलव ७५ विन्दुमा पुगेको हो । 

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६७ अंकले घटेर ४५२ दशमलव ४८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको मात्रै बढेको छ । आज सेयर बजारमा ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको सेयर मूल्य घटेको छ । 

नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि भारी गिराट आएको छ । आज अघिल्लो दिनको भन्दा साढे ५ अर्ब भन्दा बढीले कारोबार रकम घटेको छ । अघिल्लो दिन १३ अर्ब १८ करोड ६८ लाख ४५ हजार ७५२ रुपैयाँको सेयर कारोबार भएको थियो भने आज ७ अर्ब ६५ करोड ३२ लाखद ४९ हजार ३१२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज अघिल्लो दिनको भन्दा ५ अर्ब ५३ करोड ३५ लाख ९६ हजार ४३० रुपैयाँले कारोबार रकम घटेको छ । आज सेयर बजारमा ३०६ कम्पनीका १ करोड ६४ लाख ७७५ कित्ता सेयर ७० हजार ७७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।  

आजको कारोबार बन्द हुँदा सेयर बजारमा पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको