Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओको भन्दा सस्तोमा प्रभु स्टील्स एण्ड हाईड्रोको सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०४ असार २०८२, ११ : २७ मा प्रकाशित

आईपीओको भन्दा सस्तोमा प्रभु स्टील्स एण्ड हाईड्रोको सेयर बिक्रीमा

प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । हाललाई कम्पनीकै अन्य विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने गरि कम्पनीले उक्त सेयर बिक्रीमा राखेको हो । 

उक्त संस्थाप सेयरको बिक्रीमूल्य प्रतिकित्ता ६२.५ रुपैयाँ तोकिएको छ । सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले यही असार ३२ गतेभित्र आफूले खरीद गर्न चाहेको सेयर विवरण खुलाएर निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा सर्वसाधराणका लागि उक्त सेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ । 
 

6852544ea03aa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको