नेपाल बीमा प्राधिकरणका अध्यक्ष सरद ओझाले जलविद्युत् बीमामा देखिएका समस्या छिट्टै समाधान हुने बताएका छन् । नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैठौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले जलविद्युत आयोजनाको बीमामा देखिएका समस्या छिट्टै समाधान हुने बताएका हुन् ।
अध्यक्ष ओझाले बीमा क्षेत्र व्यवस्थापनमा संघको भूमिका महत्वपूर्ण रहेको पनि बताए । बीमा क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउन प्राधिकरणले निरन्तर रुपमा सुधारका प्रयास गरिरहेको उनको भनाइ थियो । जलविद्युत् बीमालाई थप सहज बनाउन बीमा प्राधिकरण, बीमा कम्पनीहरू र हाइड्रोपावर प्रवद्र्धकहरूबीच समन्वय आवश्यक रहेको उनले बताए ।
उनका अनुसार राज्यको प्राथमिकतामा रहेका जलविद्युत् आयोजनाको उचित बीमा हुन नसक्दा उद्देश्यअनुसारको लगानी भित्र्याउन कठिनाइ भइरहेको छ । बीमा क्षेत्रमा पहिचान भएका समस्या निरन्तर समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै बीमा क्षेत्रलाई सरल, पारदर्शी र अझ विश्वासिलो बनाउनेतर्फ प्राधिकरण लागिरहेको अध्यक्ष ओझाको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस