आइतबारको प्रि ओपन सेसनमा सामान्य नेप्से परिसूचक सामान्य अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव १० अंकले घटेर २६२८ दशमलव ८१ विन्दुमा पुगेको हो ।
आइतबारको उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ० दशमलव ०७ अंक घटेर कारोबार भएको छ । आइतबार प्रि ओपन सेसनमा ४७ कम्पनीका ६० हजार ८०९ कित्ता सेयर १३१ पटक खरिद बिक्री हुँदा ३ करोड २१ लाख १६ हजार ३१९ रुपैयाँ २० पैसाबराबरको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा २० स्टकको सेयर मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ । बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस