साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा पुगेको हो ।
आज सेयरबजारमा २२५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । भने २३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.३८ अंकले घटेर ४४४ दशमलव १० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ ।
नेप्से उच्च अंकले घटेको दिन बजारमा ९ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१० कम्पनीका २ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर ८७ हजार ३०२ पटक खरिद बिक्री हुँदा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबार बन्द हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटामा नकारात्मक सर्किट लागेको छ । आज जोशी हाइड्रोपावरको सेयर मूल्यमा सकात्मक सर्किट लागेको छ भने पियोर इनर्जीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस