Like us!
Follow us!
Connect us!
Watch us!

दबाबमा सेयर बजार, हाइड्रोपावर करेक्सन र दोर्दी प्रमोटर सेयर मुख्य कारण

अर्थ संसार

आइतबार, ०८ असार २०८२, १६ : २३ मा प्रकाशित

दबाबमा सेयर बजार, हाइड्रोपावर करेक्सन र दोर्दी प्रमोटर सेयर मुख्य कारण

साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेर कारोबार भएको छ ।

गत साता पनि घटेर बन्द भएको बजार यो साताको पहिलो दिन नै उच्च अंकले घटेर कारोबार भएको हो ।

बजार घट्नु पर्ने खासै कारण केही नभए पनि अमेरिका इरानको द्धन्द्ध तथा दोर्दी हाइड्रोपावरको लकिन सकिएर कारोबारमा आएकाले बजार घटेको सेयर बजारका जानकारहरुको भनाइ छ । हाइड्रोपावर क्षेत्रमा आएको करेक्सन र दोर्दी हाइड्रोपावरको प्रमोटर सेयरको लकइन समय सकिएका कारणले पनि बजार घटेको एक ब्रोकरहरुको भनाइ छ । दोर्दीखोलको ८२ लाख  भन्दा बढी कित्ता सेयर लकइन समय सकिएको अवस्था छ । सो कम्पनीको उक्त सेयर आजदेखि दोस्रो बजारमा कारोबार खुला भएको छ । यसले पनि बजारमा असर गरेको बताइएको छ । यो कम्पनीको आज २१ लाख ८३ हजार ८२२ कित्ता सेयर खरिद बिक्री भएको छ । यो कम्पनीमा मात्रै ७५ करोड ७३ लाख ९७ हजार ३७१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री हुँदा अन्य कम्पनीको कारोबार नहुँदा बजार घटेको पनि बताइएको छ ।

लगानीकर्ताको आत्मबल कमजोर, मौद्रिक नीतिको पर्खाइ

पछिल्लो समय लगानीकर्ताको मनोबलमा देखिएको निराशा र बजारमा आएका हल्लाका कारण बजार बढ्न नसकेको नेपाल धितोपत्र दालाल संघका महासचिव भक्तिराम घिमिरेको भनाइ छ । बजार बढ्नका लागि लगानीकर्ताको आत्मबल बलियो बन्नु पर्ने हुन्छ । तर अहिले लगानीकर्ताको आत्मविकास कमजोर भइरहेको अवस्था छ । जसले बजारमा असर गरिरहेको छ,’ उनले भने । त्यस्तै उनले ट्रेडर हावी भएको अवस्थाले पनि बजार घटेको बताए ।

बजारमा नयाँ पैसा आउन नसकेको अवस्था रहेको र बेचेर बाहिरीने अवस्थाका कारण पनि बजारमा गिरावट देखिएको महासचिव घिमिरेले बताए । अन्तराष्ट्रिय घटनाक्रमले बजारलाई असर नगर्ने भए पनि बजार भावनात्मक हुने भएकाले अमेरिका इरानको युद्धका कारणले पनि बजारमा केही सहर गरेको उनको भनाइ छ ।

लगानीकर्ताहरु अहिले मौद्रिक नीतिको पर्खाइमा रहेको उनको भनाइ छ । मौद्रिक नीति कस्तो आउँछ भन्ने विषयमा पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । बजार बढ्नलाई लगानीकर्ताको आत्मबल बढ्नु पर्ने र त्यसो हुन नसकेको उनको भनाइ छ ।

अन्तराष्ट्रिय घटना क्रम र दोर्दी खोलाको सेयरको लकइन समय सकिएका कारण बजारमा असर गरेको नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलको भनाइ छ । लकइन सकिनु भन्दा केही अघि बजार बढाउने र बजारबाट बाहिरीने कारणले पनि समग्र बजार प्रभावित हुने उनले बताए । ‘अन्तराष्ट्रिय घटनाक्रमले नेपालको अर्थतन्त्रमा तत्काल असर नपर्ने भए पनि बकजार भावनात्मक हुने कारणले त्यसमा असर पर्ने गरेको छ,’ उनले भने । यसरी हेर्दा आज बजार उच्च अंकले घट्दा अन्तराष्ट्रिय घटनाक्रमले पनि असर गरेको उनको भनाइ छ ।

बजारमा अन्तराष्ट्रिय घटनाले पनि प्रभावले नेपालको बजार घटेको छ । तर युद्धको मुख्य क्षेत्र रहेका इजरायलको सेयर बजार भने आज ४ प्रतिशतले बढेको छ । यसले गर्दा हाम्रो बजारलाई त्यहाँको प्रभाव पर्नु पर्ने अवस्था भने नभएको लगानीकर्ताहरुले बताउने गरेका छन् । एउटै कम्पनीको सेयरमा ७५ करोड भन्दा बढीको रकम जाँदा अन्य क्षेत्रमा रकम जान नसकेकाले पनि बजार उच्च अंकले घट्न पुगेको सेयर बजारका जानकारहरुको भनाइ छ ।

फण्डामेन्टल सुधार हुन नसक्दा नेपालको बजार सामान्य कुराले पनि तल माथि हुन अवस्था आउने गरेको अर्थविद् डा. चन्द्रमणि अधिकारीको भनाइ छ । बजारका मुटुका रुपमा रहेको अर्थतन्त्र नै बिरामी भएको अवस्थामा बजार बढ्ने सम्भावना नरहेको उनी बताउँछन् ।

पछिल्ला दिनहरुमा लगातार घटिरहेको बजार आइतबार ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा पुगेको छ । सेयर बजार लगातार चौथो दिन पनि घटेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको