Like us!
Follow us!
Connect us!
Watch us!

विजयनाथ भट्टराईले गभर्नर सिफारिस समितिबाट राजीनामा दिए

अर्थ संसार

बुधबार, १० बैशाख २०८२, ०७ : ०३ मा प्रकाशित

विजयनाथ भट्टराईले गभर्नर सिफारिस समितिबाट राजीनामा दिए

नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्य डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन्।

समितिले बैठक बस्न नसकेको भन्दै असन्तुष्टि जनाउँदै भट्टराईले मंगलबार राजीनामा दिएका हुन्। स्रोतका अनुसार उनले ह्वाट्सएपमार्फत नै राजीनामा पेश गरेका हुन्।

गभर्नर नियुक्तिका लागि सरकारद्वारा गठित तीन सदस्यीय सिफारिस समितिमा पूर्वगभर्नर भट्टराई, अर्थसचिव र सार्वजनिक सेवा आयोगका अध्यक्ष रहेका छन्।

गएको चैत २४ गते तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको भए पनि नयाँ नियुक्ति अझै हुन सकेको छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको