Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक झिनो अंकले घट्यो, कारोबार करिब ६ अर्ब

अर्थ संसार

बुधबार, ११ असार २०८२, १५ : २३ मा प्रकाशित

नेप्से परिसूचक झिनो अंकले घट्यो, कारोबार करिब ६ अर्ब

बुधबार सेयर बजार परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक ० दशमलव ३३ अंकले बढेर २६०० दशमलव २० विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ०५ अंकले बढेर ४४५ दशमलव ११ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ ।


आज सेयर बजारमा करिक ६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३११ कम्पनीका १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर ६१ हजार ८२४ पटक खरिद बिक्री हुँदा ५५ अर्ब ९४ करोड २८ लाख ५२ हजार २५६ रुपैयाँ बराबरको कारोबार भएको छ । 
बुधबार मादी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य ३० रुपैयाँ १२ पैसाले बढेर ३३१ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको