Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा साढे ७ अंकले बढ्यो नेप्से, १ करोड माथिको कारोबार

अर्थ संसार

बुधबार, १८ असार २०८२, १० : ४९ मा प्रकाशित

प्रि ओपन सेसनमा साढे ७ अंकले बढ्यो नेप्से, १ करोड माथिको कारोबार

साताको सेयर कारोबार हुने चौथो दिनको  प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ दशमलव ४९ अंकले बढेर २६६७ दशमलव ८९ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ७८ अंकले बढेर ४५८ दशमलव ५४ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको सेयर मूल्य घटेको छ । 

आजको प्रि ओपन सेसनमा १ करोड भन्दा माथिको कारोबार भएको छ । उक्त सेसनमा ५७ कम्पनीका १४ हजार ८४९ कित्ता सेयर ९५ पटक खरिद बिक्री हुँदा १ करोड ११ लाख ८४ हजार ३२५ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको