Like us!
Follow us!
Connect us!
Watch us!

माओवादी केन्द्रले भन्यो - सभापतिदेखि सबैमाथि छानबिन गरियोस्

अर्थ संसार

बुधबार, १८ असार २०८२, १३ : ३५ मा प्रकाशित

माओवादी केन्द्रले भन्यो - सभापतिदेखि सबैमाथि छानबिन गरियोस्

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमा देखिएको षड्यन्त्रबारे गम्भीर छानबिन गरी संलग्न सबैलाई कारबाही गर्न माग गरेको छ। प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समितिका सभापति र सचिवसहित सबैको भूमिकामाथि गहिरो छानबिन आवश्यक रहेको बताए।

‘यो सामान्य गल्ती होइन, संसद्लाई नै बदनाम गर्ने नियतसहित गरिएको गम्भीर षड्यन्त्र हो,’ उनले भने, ‘यसलाई यत्तिकै छोड्न मिल्दैन। उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरिनुपर्छ।’

सांसद पाण्डेले विधेयक तयारीको प्रक्रियादेखि नै विभिन्न अवरोध सिर्जना भएको भन्दै त्यसमा संगठित षड्यन्त्र भएको दाबी गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको