दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलमा आज बिहान आईपीओ बाँडफाँट भएको हो।
कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । जसमा सोहि मध्यका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता सेयर हात पारेका छन् ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए। जुन मागभन्दा साढे ११ गुणा बढी हो । आवेदकमध्ये २१ लाख ३० हजार भन्दा बढीको हात खालि भएको छ ।
यसरी हेर्नुहोस् नतिजा
बिक्री प्रबन्धकको बेवसाइट: https://lscapital.com.np/ipo
सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट: https://iporesult.cdsc.com.np/
सिडिएसको बेवसाइट: https://meroshare.cdsc.com.np/#/login
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस