Like us!
Follow us!
Connect us!
Watch us!

दरमखोला हाईड्रोको आईपीओ बिक्री खुला, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

अर्थ संसार

विहीबार, १५ साउन २०८२, १० : ३४ मा प्रकाशित

दरमखोला हाईड्रोको आईपीओ बिक्री खुला, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

जसमध्ये आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता आईपीओ बिक्री गरिसकेको छ। अब कम्पनीले बाँकी सेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता आईपीओ सामूहिक लगानी कोषलाई र ५८ हजार ३९० कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी बाँकी बसेको २४ लाख २३ हजार १८५ कित्ता आईपीओ आम सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।

यसमा आवेदन दिंदा कम्तीमा १० कित्ताका लागि दिनुपर्नेछ भने बढीमा ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। आवेदन यही साउन १५ गतेदेखि १९ गतेसम्म दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको