नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई पाटीले स्पष्टीकरण सोधेको छ । उनले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अभिव्यक्ति दिएपछि स्पष्टीकरण सोधिएको हो ।
केन्द्रीय अनुशासन आयोगका उपप्रमुख बालचन्द्र मिश्रले मंगलबार (असार १७ गते) को मितिले ३ दिनको समय दिएर स्पष्टीसोधेका हुन् । असार १५ मा बुटवलमा आयोजित पार्टीनिकट युवा संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष नेपालमाथि प्रश्न उठाएकी थिइन् ।
पतन्जलीको जग्गा प्रकरणमा मुछिएका नेपाललाई विशेष अदालतले ३५ लाख धरौटीमा छाड्न आदेश गरेको छ । उनको सांसद पद पनि निलम्बनमा परेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस