सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ दशमलव ०३ अंकले बढेर कारोबार भएको हो ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १ दशमलव ०९ अंकले बढेर ४६४ दशमलव ८८ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा १ अर्ब माथिको कारोबार भएको छ । प्रि ओपन सेसनमा ७३ कम्पनीका २६ हजार ५३४ कित्ता सेयर १२६ पटक खरिद बिक्री हुँदा १ करोड ३७ लाख ७० हजार ३०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस