Like us!
Follow us!
Connect us!
Watch us!

बीमा सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउने लक्ष्य, बीमा प्राधिकरणको नयाँ नीति कार्यक्रममा के–के समावेश ? (पूर्णपाठसहित)

अर्थ संसार

मंगलबार, २४ असार २०८२, १६ : ४२ मा प्रकाशित

बीमा सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउने लक्ष्य, बीमा प्राधिकरणको नयाँ नीति कार्यक्रममा के–के समावेश ? (पूर्णपाठसहित)

नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्राधिकरणले नयाँ नीति सार्वजनिक गर्दै बीमा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र सर्वसुलभ बनाउने लक्ष्य लिएको जनाएको छ।

प्राधिकरणले बीमा सेवालाई विश्वसनीय र गुणस्तरीय बनाउने, बीमितको हकहित संरक्षण गर्ने, बीमा पहुँच विस्तार गर्ने तथा बीमा सचेतना अभिवृद्धि गर्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू अघि सारेको छ। साथै, बीमा सम्बन्धी विवाद तथा उजुरी समाधान प्रक्रियालाई प्रभावकारी बनाउने, कानुनी संरचनालाई सुदृढ गर्ने र नियामकीय संरचना सुधार गर्ने योजना पनि समेटिएको छ।

अन्तर्राष्ट्रिय असल अभ्यासहरूलाई अनुशरण गर्दै प्राधिकरणले अनुसन्धानमा आधारित नीति निर्माण, बीमालेख विकास तथा प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिने जनाएको छ। साथै, जोखिममा आधारित निरीक्षण प्रणालीमार्फत बीमकहरूको नियमन, सुपरिवेक्षण र अनुगमनलाई थप प्रभावकारी बनाइनेछ।

नीतिमा बीमा क्षेत्रको डिजिटल सूचनाको अभिलेख राख्ने सूचना केन्द्र स्थापना र बीमा ठगी नियन्त्रणका लागि बीमा सूचना प्रणाली निर्माण गर्ने लक्ष्य उल्लेख छ। साथै, देशभरका विद्यार्थीहरूको एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा आन्तरिक स्रोत र स्थानीय तहको सहकार्यमा गरिने कार्यक्रम पनि समावेश गरिएको छ।

पूर्णपाठ -:

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको