Like us!
Follow us!
Connect us!
Watch us!

आवश्यकताको आधारमा भन्दा पहुँचको भरमा मौद्रिक नीति आउँछ : मिनबहादुर श्रेष्ठ

अर्थ संसार

बुधबार, २५ असार २०८२, १२ : ५४ मा प्रकाशित

आवश्यकताको आधारमा भन्दा पहुँचको भरमा मौद्रिक नीति आउँछ : मिनबहादुर श्रेष्ठ

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक मिनबहादुर श्रेष्ठले मौद्रिक नीति आवश्यकताको आधारमा भन्दा पनि पहुँचको भरमा आउने गरेको बताएका छन् ।  प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामि मौद्रिक नीतिमाथिको छलफलमा बोल्दै उनले मौद्रिक नीति निर्माणमा आवश्यकताको भन्दा पनि चर्को स्वरमा बोल्न सक्नेहरूको मागलाई प्राथमिकता दिइने गरेको बताएका हुन् । 

कोभिडपछिको आर्थिक अवस्थालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी वित्तीय नीतिबाट पूरा हुन नसक्दा त्यसको सारा भार मौद्रिक नीतिमा पर्ने गरेको उनको भनाइ थियो । श्रेष्ठले कोभिडको समयमा लिइएका केही गलत नीतिहरूले अहिलेको आर्थिक संकट निम्त्याएको उनले बताए । राज्यको विभिन्न शीर्षकबाट छुटाइएको रकम घरजग्गा क्षेत्रमा केन्द्रित हुनु, नीतिगत निर्णयमा पहुँचवालाको दबाब कायम रहनु, तथा नीति निर्माणको प्रक्रिया पारदर्शी र तथ्यमा आधारित नहुनुले अर्थतन्त्र थप कमजोर बनाएको उनको भनाइ थियो । ‘राष्ट्र बैंक आफैंले स्वतन्त्र रूपमा मौद्रिक नीति बनाउन सक्नुपर्छ, नत्र त्यो अर्थ मन्त्रालयको एक शाखा जस्तै मात्र हुन्छ,’ उनले भने । 

श्रेष्ठका अनुसार कोभिडको समयमा लिइएका केही गलत नीतिहरूले अहिलेको आर्थिक संकट निम्त्याएका छन् । राज्यको विभिन्न शीर्षकबाट छुटाइएको रकम घरजग्गा क्षेत्रमा केन्द्रित हुनु, नीतिगत निर्णयमा पहुँचवालाको दबाब कायम रहनु, तथा नीति निर्माणको प्रक्रिया पारदर्शी र तथ्यमा आधारित नहुनुले अर्थतन्त्र थप कमजोर बनाएको उनको भनाइ थियो । ‘राष्ट्र बैंक आफैंले स्वतन्त्र रूपमा मौद्रिक नीति बनाउन सक्नुपर्छ, नत्र त्यो अर्थ मन्त्रालयको एक शाखा जस्तै मात्र हुने छ,’ उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको