Like us!
Follow us!
Connect us!
Watch us!

साताको अन्तिम दिन उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ९ अर्ब माथि

अर्थ संसार

विहीबार, २६ असार २०८२, १५ : ०३ मा प्रकाशित

साताको अन्तिम दिन उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ९ अर्ब माथि

साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार परिसूचक दोहोरो अंकले बढेर कारोबार भएको छ । बिहीबार सेयर बजार परिसूचक २५ दशमलव ८९ अंकले बढेर २७३१ दशमलव ८० विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ५५ अंकले बढेर ४७२ दशमलव ०२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्यमा वृद्धि भएको छ भने २ वटको गिरावट आएको छ । 

परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ७ खर्ब ४५ अर्ब माथिको कारोबार भएको बजारमा आज साढे ९ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१२ कम्पनीका २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर ८८ हजार ६१५ पटक खरिद बिक्री हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको