पछिल्लो समय निकै चर्चामा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनः संरचना गर्ने अध्ययन प्रस्ताव अर्थमन्त्रालयमा पेश गरिएको छ । नेप्सेका सूचना अधिकारी मराहरी पराजुलीले अध्ययन प्रस्ताव मन्त्रायमा पेश गरिएको जानकारी दिए ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । पराजुलीले नेप्से पुनः संरचना कसरी गर्ने भन्ने विषयमा अध्ययन गरी अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको जानकारी दिए । लामो समयदेखि अर्थ मन्त्रालयलाई पनि नेप्से पुनः संरचना गर्नुपर्ने विषय उठाउँदै आएको बताए ।
‘नेप्से पुनः संरचना गर्ने भन्ने संरचनाको अध्ययन प्रस्तावको रिपोर्ट अर्थ मन्त्रालयमा बुझाइएको छ,’ उनले भने । नेप्सेले पठाएको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएपछि मात्रै दोस्रो चरणमा जाने बाटो खुल्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस