Like us!
Follow us!
Connect us!
Watch us!

घरजग्गा किन्न कर्जा लिनेहरूका लागि राहत, राष्ट्र बैंकले सीमा बढायो

अर्थ संसार

शुक्रबार, २७ असार २०८२, १३ : १२ मा प्रकाशित

घरजग्गा किन्न कर्जा लिनेहरूका लागि राहत, राष्ट्र बैंकले सीमा बढायो

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिमार्फत घरजग्गा कर्जामा लचिलो नीति ल्याएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको नीतिअनुसार अब घर किन्न व्यक्तिगत रूपमा लिन सकिने कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्‍याइएको छ।

त्यस्तै, घर वा जग्गा खरिद गर्दा मूल्यांकनको आधारमा दिइने कर्जाको सीमा पनि वृद्धि गरिएको छ। अब बैंकले मूल्यांकन मूल्यको ७० प्रतिशतसम्म कर्जा दिन सक्नेछ। यसअघि यो सीमा ५० प्रतिशतमा सीमित थियो।

नयाँ नीति अनुसार, अब खरिदकर्ताले न्यूनतम मौज्दात रकम राखेर पनि अधिक मूल्यको घरजग्गा किन्न सक्नेछन्, जसले बैंकिङ प्रणालीमार्फत रियल स्टेट क्षेत्रमा तरलता प्रवाह बढाउने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको