Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति पछिको प्रि ओपन सेसनमा ३५ अंकले बढ्यो नेप्से, ६ करोड माथिको कारोबार

अर्थ संसार

आइतबार, २९ असार २०८२, १० : ५६ मा प्रकाशित

मौद्रिक नीति पछिको प्रि ओपन सेसनमा ३५ अंकले बढ्यो नेप्से, ६ करोड माथिको कारोबार

साताको सेयर कारोबार हुने पहिलो दिन आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३५ दशमलव ७२ अंकले बढेर २७६७ दशमलव ५३ विन्दुमा पुगेको हो । 

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २० अंकले बढेर ४७९ दशमलव २२ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा १५१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

आजको प्रि ओपन सेसनमा ६ करोड माथिको कारोबार भएको छ । आजको उक्त सेसनमा १६२ कम्पनीका १ लाख ३६ हजार ७७८ कित्ता सेयर ८१० पटक खरिद बिक्री हुँदा ६ करोड ४७ लाख ४ हजार ७९३ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको