साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव १५ अंकले बढेर २७६१ दशमलव ९६ विन्दुमा पुगेको हो ।
त्यस्तै आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६७ अंकले बढेर ४८१ दशमलव ८६ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा ५४ कम्पनीका ७ हजार ३०७ कित्ता सेयर ८० पटक खरिद बिक्री हुँदा २५ लाख ७ हजार ५२३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस