नबिल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले यही साउन ६ गतेदेखि ऋणपत्र निष्कासन खुला गर्ने भएको हो ।
बैंकले ३ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १ हजार रुपैयाँको दरका ३० लाख इकाई ऋणपत्र निष्कासन गर्न लागेको जनाएको छ । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गर्नेछ । बैंकले ८ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको नबिल डिबेन्चर २०८९ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।
यस ऋणपत्रमा साउन ९ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन २० गतेसम्म खुला रहनेछ । जसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस