Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता छन् मन्त्रीपरिषद् बैठकका २९ निर्णय

अर्थ संसार

बुधबार, ३२ असार २०८२, १५ : ०९ मा प्रकाशित

यस्ता छन् मन्त्रीपरिषद् बैठकका २९ निर्णय

सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले  असार २३ र ३० गते बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन्। प्रवक्ता गुरुङले कुल २९ निर्णय सार्वजनिक गरेका हुन् । 

असार ३० गतेको बैठकबाट नागढुंगा सुरुङमार्ग निर्माण आयोजना लागि जापान सरकारबाट प्राप्त हुने ५ अर्ब ७० करोड जापानी येन बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको उनले जानकारी दिए।

त्यस्तै, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा. खगराज शर्मालाई नियुक्त गर्ने निर्णय गरिएको छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यविधि चार महिनाका लागि थप गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको प्रवक्ता गुरुङले बताए।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको