दोस्रो बजारमा कारोबारमा आएको ट्रेड टावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबारदेखि कारोबारमा आएको यो कम्पनीको सेयर मूल्य कारोबार खुल्न वित्तिकै सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य ३६ रुपैयाँ ६० पैसाले बढेर ४०२ रुपैयाँ ७० पैसा पुगेको हो । यो ओपनिङ रेन्जका लागि निर्धारण गरिएको मूल्य भन्दा १० प्रतिशतले बढी हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ३८ दशमलव ७६ अंकले बढेर २८३३ दशमलव ५४ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ५२ करोड माथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस