Like us!
Follow us!
Connect us!
Watch us!

आज ५ संसदीय समितिको बैठक बस्दै

अर्थ संसार

आइतबार, ०४ साउन २०८२, ०८ : ३६ मा प्रकाशित

आज ५ संसदीय समितिको बैठक बस्दै

संघीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ ।

कार्यतालिका अनुसार आज कानुन, न्याय तथा मानवअधिकार समिति; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समिति; शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति; विधायन व्यवस्थापन समिति; र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठकहरू सञ्चालन हुने छन्।

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल’ गरिनेछ । महिला तथा सामाजिक मामिला समितिमा ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१)’ माथि छलफल हुने कार्यसूची रहेको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक’माथि सैद्धान्तिक छलफल गरिनेछ भने विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्नेछ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन’माथि छलफल गर्ने कार्यसूची तय गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको