आइतबार सेयर बजार परिसूचक सामान्य अंकले बढेर कारोबार भयो । अघिल्ला कारोबार दिनहरुमा उच्च अंकले बढेको सेयर बजार आज भने ० दशमलव ३२ अंकले मात्रै बढ्यो । यो दिन सेयर बजारमा १३ वटा उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घट्यो भने ५ वटाको मात्रै बढ्यो ।
आइतबार हाइड्रो पावरको सेयर मूल्य दोहोरो अंकले घट्यो । हाइड्रोपावरको परिसूचक १५ दशमलव ८५ अंकले घटेर ३७४१ दशमलव ९३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत भएका हाइड्रोपावर कम्पनीमध्ये ४३ वटाको सेयर मूल्य बढेको छ । भने ४८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
आज सेयर बजारमा बैंकिङ समूह, विकास बैंक समूह, फाइनान्स समूह, हाइड्रोपावर समूह, इन्भेष्टमेन्टट समूह, म्यानिफ्याक्चरीङ तथा प्रसोधन समूह, लघुवित्त समूह र ट्रेडिङ समूहको सेयर मूल्य घटेको छ । त्यस्तै आज अन्य समूह, नन लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड, लाइफ इन्स्योरेन्स र होटल एण्ड टुरिजम समूहको सेयर मूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस