सोमबारको सेयर कारोबार जारी रहँदा ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुलेको पहिलो १० मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज यो कम्पनीको सेयर मूल्य ४४ रुपैयाँ २० पैसाले बढेर ४८७ दशमलव १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो । यो अवधिसम्ममा समग्र नेप्से परिसूचक पनि २ दशमलव २२ अंकले बढेर २८७३ दशमलव १८ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ९७ करोड माथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस