सोमबारको सेयर कारोबार जारी रहँदा पहिलो एक घण्टाको अवधिमा सेयर बजार परिसुचक १८ अंकले बढेको छ । पहिलो एक घण्टामा नेप्से परिसूचक १८ दशमलव १२ अंकले बढेर २८८९ दशमलव ०८ विन्दुमा पुगेको हो ।
यो अवधिमा सेयर बजारमा १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको सेयर मूल्य घटेको छ । एक घण्टाको अवधिमा सेयर बजारमा साढे ४ अर्ब माथिको कारोबार भएको छ । यो अवधिमा सेयर बजारमा १ करोड १ लाख २० हजार ९०७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ६७ करोड ८२ लाख २९ हजार १४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो अवधिमा सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस