Like us!
Follow us!
Connect us!
Watch us!

रसुवा बाढीबाट भएको क्षतिको ६३ वटा दाबी, २९ करोडको दाबी पर्दा सामुद्रिक बीमालेखमा मात्रै १५ करोड बढी

अर्थ संसार

सोमबार, ०५ साउन २०८२, १६ : ४१ मा प्रकाशित

रसुवा बाढीबाट भएको क्षतिको ६३ वटा दाबी, २९ करोडको दाबी पर्दा सामुद्रिक बीमालेखमा मात्रै १५ करोड बढी

असार २३ गते रसुवा जिल्लामा आएको बाढी पहिरोबाट भएको क्षतिको हालसम्म ६३ वटा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त बाढी पहिरोबाट भएको क्षतिको ९ वटा कम्पनीमा ६३ वटा दाबी परेको हो ।

उक्त दाबीको बीमा कम्पनीहरुले करिब २९ करोड रुपैयाँ भुक्तानी गर्नु पर्ने भएको हो । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बीमा कम्पनीहरुमा २८ करोड ९२ लाख ६० हजार रुपैयाँ दाबी परेको छ । 
प्राधिकरणका अनुसार सबै भन्दा धेरै दाबी नेपाल इन्स्योरेन्स कम्पनीमा परेका छन् । यो कम्पनीमा १२ वटा दाबी परेका छन् । यो कम्पनीले उक्त दाबीबाट १ करोड २८ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नु पर्ने भएको छ । रकमका आधारमा भने सबै भन्दा बढी दाबी शिखर इन्स्योरेन्स कम्पनीमा परेको छ । यो कम्पनीमा १० वटा दाबीको १६ करोड १२ लाख १० हजार रुपैयाँ दाबी परेको छ । त्यस्तै उक्त बाढी पहिरोबाट भएको क्षतिको नेको इन्स्योरेन्समा ३ वटा दाबीको ५ करोड १२ लाख रुपैयाँ दाबी परेको छ । 

रसुवा बाढी पहिरोबाट भएको क्षतिको सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७ दाबीको ३ करोड ३१ लाख ५० हजार रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्समा ६ वटा दाबी परेका छन् । उक्त कम्पनीले आफ्ना बीमितलाई ७७ लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिन्छ । त्यस्तै आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा ९ वटा दाबीको ७५ लाख ५० हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा दाबीको ६८ लाख, एनएलजी इन्स्योरेन्समा ६ दाबीको ४७ लाख र सिद्धार्थ प्रिमियरको ७ वटा दाबीको ३१ लाख रुपैयाँ दाबी परेको छ । 

सार्वजनिक मोटरमा हिस्सा ५० प्रतिशत 

बाढी पहिरोबाट भएको क्षतिमध्ये सबै भन्दा धेरै दाबी सार्वजनिक मोटर बीमाको परेको छ । सार्वजनिक मोटर बीमामा ६३ वटा मध्ये ३२ वटा दाबी परेको छ । यो कुल दाबीको ५०.७९ प्रतिशत हो । बीमा कम्पनीहरुले सार्वजनिक मोटर बीमामा भएको क्षतिको मात्रै २ करोड ३१ लाख ५० हजार रुपैयाँ भुक्तानि दिनु पर्ने भएको छ । त्यस्ते निजी मोटर बीमालेखमा ११ वटा दाबी परेका छन् । उक्त दाबीको कम्पनीहरुले १ करोड १७ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नु पर्ने भएको छ । 
त्यस्तै सम्पत्ति बीमालेखमा १० वटा बीमा दाबी परेको छ । उक्त दाबीको कम्पनीहरुले ४ करोड १८ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी गर्नु पर्ने भएको छ । त्यस्तै इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिममा ४ वटा दाबीबाट ५ करोड ५५ लाख रुपैयाँ र सामुद्रिक बीमामा ६ वटा दाबीको १५ करोड ७० लाख १० हजार रुपैयाँको दाबी परेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको