Like us!
Follow us!
Connect us!
Watch us!

सेवोनको पाइपलाइनमा ५४ अर्बको आईपीओ पाइपलाइनमा, सबै भन्दा धेरै उत्पादन तथा प्रसोधन समूहको

अर्थ संसार

बुधबार, ०७ साउन २०८२, १३ : ०२ मा प्रकाशित

सेवोनको पाइपलाइनमा ५४ अर्बको आईपीओ पाइपलाइनमा, सबै भन्दा धेरै उत्पादन तथा प्रसोधन समूहको

पछिल्लो समय नेपाल धितो पत्र बोर्डले दिनहुँ जसो आईपीओ, एफपीओ, हकप्रद सेयर जारी गर्नका लागि अनुमति दिइरहेको छ । बोर्डले अनुमति दिए पनि अहिले पनि बोर्डमा उल्लेख्य मात्रामा आईपीओ पाइपलाइनमा रहेको छ ।

अहिले पनि बोर्डमा आईपीओका लागि आवेदन दिएका ७५ वटा कम्पनीहरुको आईपीओ स्वीकृतिको प्रतिक्षामा रहेको छ । 

बोर्डमा विभिन्न क्षेत्रका ७५ वटा कम्पनीको ३७ करोड ७३ लाख ७२ हजार ३८३ कित्ता आईपीओ पाइपलाइनमा रहेको छ । उक्त पाइपलाइनमा रहेको आईपीओ ५४ अर्ब ४३ करोड ८३ लाख ९२ हजार ६६१ रुपैयाँ बराबरको हो । आईपीओको पाइपलाइनमा सबै भन्दा धेरै कम्पनी हाइड्रोपावर क्षेत्रका रहेका छन् । हाइड्रो क्षेत्रका मात्रै ३६ वटा कम्पनीहरु बोर्डबाट आईपीओ जारी गर्ने स्वीकृतिको प्रतिक्षामा रहेका छन् । 

३६ वटा हाइड्रोपावर कम्पनीका १७ करोड ३५ लाख ३३ हजार ७५४ कित्ता सेयर आईपीओको फर्खाइमा रहेका छन् । उक्त आईपीओ १७ अर्ब ७६ करोड ६ लाख ४० हजार २३६ रुपैयाँ बराबरको छ । अहिले पाइपलाइनमा रहेका समूहमध्ये रकमका आधारमा सबै भन्दा धेरै आईपीओ उत्पादन तथा प्रसोधन समूहको रहेको छ । यो समूहको कुल २८ अर्ब ३ करोड ९६ लाख २१ हजार ५२५ रुपैयाँ बरारको १३ करोड ६९ लाख ३९ हजार ३२० कित्ता सेयर स्वीकृतिको प्रतिक्षामा रहेको छ । 

त्यस्तै हाल बोर्डबाट आईपीओ जारी गर्ने स्वीकृतिको प्रतिक्षामा अन्य समूहका १० वटा कम्पनी रहेका छन् । ती कम्पनीहरुको ३ अर्ब ४३ करोड ८७ लाख ५ हजार ४०० रुपैयाँ बरारको २ करोड ७६ लाख ६५ हजार ५४ कित्ता सेयर आईपीओ पाइपलाइनमा रहेको छ । त्यस्तै ३ वटा माईक्रो इन्स्योरेन्सको ६७ लाख ५० हजार कित्ता आईपीओ पाइपलाइनमा रहेको छ । उक्त आईपीओ कुल ७६ करोड ५० लाख रुपैयाँ मूल्यको हो ।

त्यस्तै ३ वटा इन्भेष्टेमन्ट कम्पनीको २ अर्ब ९३ करोड १० लाख ३७ हजार ५०० मूल्य बराबरको १ करोड ६५ लाख ५० हजार कित्ता, होटल र टुरिजम क्षेत्रको ३ वटा कम्पनीको १ अर्ब ४२ करोड १० लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख १० हजार कित्ता र एउटा विकास बैंकको १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता सेयर पाइपलाइनमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको