Like us!
Follow us!
Connect us!
Watch us!

बजार बढीरहँदा पनि किन घटिरहेको छ ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ?, तीन दिनमै १२ प्रतिशतको गिरावट

अर्थ संसार

बुधबार, ०७ साउन २०८२, १३ : ०४ मा प्रकाशित

बजार बढीरहँदा पनि किन घटिरहेको छ ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ?, तीन दिनमै १२ प्रतिशतको गिरावट

पछिल्लो समय सेयर बजार दिनहुँ उच्च अंकले बढेर कारोबार भइरहेको छ । कारोबार रकम र परिसूचक दुवैमा उच्च वृद्धि भइरहँदा पनि ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा भने भारी मात्रामा गिरावट आएको छ । मंगलबार मात्रै सेयर बजार ८० अंकले बढेको थियो । परिसूचक उच्च अंकले बढ्दा पनि यो बैंकको सेयर मूल्य पनि पछिल्ला केही दिनहरुमा लगातार रुपमा घटिरहेको छ । 

पछिल्ला तीन दिनमा मात्रै यो कम्पनीका सेयरधनीहरुले १२.४३ प्रतिशत गुमाएका छन् । चालु आर्थिक वर्षको पहिलो दिनको कारोबार बन्द हुँदा १ हजार ४८५ रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य (हिजो) मंगलबारको कारोबार बन्द हुँदा १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यो तीन वटा कारोबार दिनमा यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८४ रुपैयाँ ६५ पैसाले घटेको छ । 

आज (बुधबार) को कारोबार जारी रहँदासम्मको अवधिमा यो कम्पनीको सेयर मूल्य १८.१८ प्रतिशत अर्थर्ता २७० रुपैयाँ ०९ पैसाले घटेर १२१५ रुपैयाँमा कारोबार भइरहेको छ । यो कम्पनीको ५२ हप्ताको सबै भन्दा उच्च कारोबार भने २ हजार १ रुपैयाँ ४० पैसा हो । 
पछिल्लो समय लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेसँगै यो कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको बताइन्छ । 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको